तापक्रम क्रमिक रूपमा घट्दै, मौसमविद्को सुझावः सावधानी अपनाउनू – Janadesh Daily | ePaper

तापक्रम क्रमिक रूपमा घट्दै, मौसमविद्को सुझावः सावधानी अपनाउनू


जनादेश वेदर वाच।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान प्रदेश १ का पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

यद्पि तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्