जनादेश अपडेट।
दोलखाको मतगणना अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म यहाँ ७६ हजार ७२ मत गणना भएको छ।
एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३२ हजार ८ सय ३३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ६ मत प्राप्त गरेका छन्।
उनीहरुबीच १ सय ७३ मतको अन्तर छ। यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार १ सय २४ मत बदर भएको छ। अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २, मेलुङ गाउँपालिकाको वडा नम्बर १ र ३, विगु गाउँपालिकाको १, २ र ३ वडा गन्न बाँकी छ।