माधव भेट्न कोटेश्वर पुगे घनश्याम भुसाल – Janadesh Daily | ePaper

माधव भेट्न कोटेश्वर पुगे घनश्याम भुसाल


जनादेश वाच।
नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्