नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै – Janadesh Daily | ePaper

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै


नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ ।

एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहनेछ । पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेइ, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, भारत र बङ्गलादेशको सहभागिता रहनेछ । यसैगरी महिलातर्फ नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डको सहभागिता रहनेछ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि भारतीय टोली सोमबार नै नेपाल आइसकेको छ । नेपालको यू–१८ टोलीले करिब डेढ महिनादेखि हेटौँडाको रङ्गशालामा तयारी गरिरहेको सङ्घका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्