निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाएको छ : प्रचण्ड – Janadesh Daily | ePaper

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाएको छ : प्रचण्ड


जनादेश वाच।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् ।

उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्नसमेत आग्रह गरे ।
प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही ९ज्यापु दिवस०का अवसरमा दुवै समुदायलाई पनि शुभकामना दिएका छन् ।

यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न मद्दत मिल्ने उनको विश्वास छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्