उपमहासचिव पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरू – Janadesh Daily | ePaper

उपमहासचिव पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरू


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को चीनमा क्वारेन्टिनमा उपचार सुरू गरिएको छ ।

पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरू भएको हो ।

चौथो लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ। पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन्।

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरूको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन्।

नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्