काठमाडौं उपत्यकावासीको घरमा आजदेखि मेलम्चीको पानी – Janadesh Daily | ePaper

काठमाडौं उपत्यकावासीको घरमा आजदेखि मेलम्चीको पानी


जनादेश वाच।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

“अहिले ट्यांकीमा पानी आइरहेको छ । आज बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भने ।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।

२२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्