लोक दोहोरी आइडल हुँदै प्रथम हुनेले नगद १५ लाख र कार पाउने – Janadesh Daily | ePaper

लोक दोहोरी आइडल हुँदै प्रथम हुनेले नगद १५ लाख र कार पाउने


जनादेश, कााठमाण्डौं । लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्