राप्ती इन्जिनियरिङ कलेजद्धारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत – Janadesh Daily | ePaper

राप्ती इन्जिनियरिङ कलेजद्धारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत


जनादेश संवाददाता, दाङ । दाङ जिल्लाको घोराही—१६ सानीअम्बापुरमा संचालित राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७९/०८० मा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुलाई लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ । स्वागत कार्यक्रममा डिप्लोमा तहमा कम्प्युटर इन्जिनियरिङ र प्रिडिप्लोमा तहमा अध्ययनरत सिभिल, इलेक्टिकल र अमिनका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रमका प्रमुख अतिथि भुगर्भविद् डा. प्रदीप पौलेलले भने, ‘कलेजले विद्यार्थीहरुलाई शिक्षामात्र नदिएर सीप, व्यावहार, आचरण र अनुशासन पनि सकाई रहेको हुन्छ र विद्यार्थीहरुले मिहिनेत गरेर सिक्नु आवश्यक छ ।’ कसैको लागि पढीदिने होइन, आफ्नो लागि पढदै छु भन्ने सोच राख्नु पर्दछ । आफै जान्ने सुन्ने छु भन्नुले सहि ठाउँमा पुग्न सकिदैन् । मिहिनेतले सफलता प्राप्त हुन्छ उनले भने ।

राप्ती इन्जिनियरिङ कलेज १५ औ वर्षमा प्रवेश गरेको छ । यो चानचुने कुरा होइन, यस कलेजमा पढन पाउनु पनि अवसरको कुरा हो । यस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र कलेजबाट उत्पादीत ८० प्रतिशत विद्यार्थीहरुलाई रोजगारीमा पठाउन सफल हुनुको साथै यस क्षेत्रमा कलेज संचालन गरेर सामाजिक सेवा समेत गरेकोे डा. पौलेलले बताएका छन् ।

स्वागत कार्यक्रमका विशिष्ट अतिथि प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले भने- ‘कम्प्युटर इन्जिनियरिङ र अन्य प्राविधिक शिक्षा पढने विद्यार्थीहरु बेरोजगार भएर बस्नु प्रदैन । ज्ञान, सीप र क्षमता अनुसारको काम पाईन्छ । साकारात्मक सोचले मानिसलाई लक्षसम्म पुग्न सहयोग गर्छ ।’

स्वागत कार्यक्रमका अतिथि निर्देशक मधुसुदन वैद्यले भने- ‘प्राविधिक शिक्षाले रोजगारीको ढोका खोल्ने भएकोले यसको माग बढदै गएको छ । योग्य दक्ष शैक्षिक जनशक्तीको माग बजारमा निकै बढी रहेकोले तोकिएको समयमै आआफ्नो अध्ययन पुरा गर्नु  पर्छ ।’

डिप्लोमा र प्रिडिप्लोमा तहका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा सभाअध्यक्षको रुपमा मन्तव्य राख्दै डा. शैलेन्द्र गिरीले भने- ‘गुरु आश्रम, कुटी र खरिपाटीबाट शुरु भएको नेपालका शिक्षा प्रणाली अहिलेसम्म आइपुग्दा दुर शिक्षा, विद्यालय शिक्षा, अनलाईन शिक्षा हुँदै मोवाईल शिक्षासम्म आइ पुगेको छ ।’ सुचना प्रविधिको विकास, विस्तार र यसको प्रयोगले विद्यार्थीहरुलाई शिक्षण सिकाईका विषय बस्तुहरुसम्म पुग्नका लागि सहज भएको उनले बताँएका छन् ।

त्यसैगरी उनले भने- ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व हुन्छ नै तर त्यस भन्दा महत्वपूर्ण स्वअनुशासन हुन्छ । विद्यार्थीहरुले व्यक्तिगत आर्थिक अनुशासन पालना गर्नु पर्ने हुन्छ ।’ विद्यार्थीहरुमा ज्ञानको साथै सीप, व्यावहार, आचरणको विकास हुन जरुरी हुन्छ र दृष्टिकोणमा पनि परिर्वतन हुनपर्ने बताएका छन ।

‘पहिले पहिले गाउँघरमा हसिँया, कोदालो, फालो बानाउँने आर्ने, कपडा सिलाउने दमाई, बाँस चोयाँको काम गर्ने मिस्त्री, माटो ढुंगाको काम गर्ने डकर्मी, काठको काम गर्ने सिकर्मी, जुत्ता बनाउँने मिस्त्रीको सीपलाई हेप्ने गरिन्थ्यो । आजभोली ती सबै पेशा सम्मनीत भएका छन् र सबै जातले अंगालेका पनि छन् । प्राविधिक शिक्षाको महत्व र यसको प्रभाव समाजले विस्तारै भएपनि बुझ्दै छ’- उनले भने ।

प्राविधिक जनशक्तीको माग नेपालमा मात्र नभएर विदेशमा पनि रहेको डा.गिरीले बताए । उनले भने- ‘राप्ती इन्जिनियरिङ कलेजबाट उत्पादीत जनशक्तिले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा र नेपालका धरैजति जिल्लामा सेवा गरिरहेकाछन् ।’

राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरीले भन्नु भयो, ‘यो कलेज गुणस्तरीय शिक्षा प्रादन गर्ने र उत्पादीत जनशक्तिलाई रोजगारीमा लगाउन सफल भएकोले लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिन्छ ।’

त्यसैगरी कलेजका विई सिभिल विभागिय प्रमुख एवं एकेडेमिक कोर्डिनेटर ई. बिआर जोशी, प्रशिक्षक रेशम विष्ट, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङका विद्यार्र्थी धनन्जय बोहरा, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङका विद्यार्थी अलिन कुमार पुन, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङका विद्यार्र्थी पुष्प कमल वि. क., प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङका विद्यार्र्थी नरेन्द्र भण्डारी लगायतकाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

यस कलेजले पोखरा विश्वविद्यालयबाट विई सिभिल र बिसिए कार्यक्रम तर्फ गोल्ड मेडल जित्न सफल भएको छ । हालैमात्र यस कलेजले नेपाल शिक्षा पुरस्कार २०२२ दुबईमा प्राप्त गरेको थियो । यस कलेजबाट उत्पादित ८० प्रतिशत भन्दा बढी शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल छन् । राप्ती इन्जिनियरिङ कलेजमा  BE Civil, BCA and Diploma in Computer Engineering, Pre-diploma in Civil, Electrical and Amin (Survey Engineering) कार्यक्रमहरु संचालनमा रहेका छन् । यो कलेज २०६५ सालमा स्थापना भएको हो । ।

स्वागत तथा अभिमुखिकरण कार्यक्रम कार्यक्रमको सहजीकरण प्रशिक्षक विश्वबन्धु थापाले गर्नुभएको थिया । सो अवसरमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य, कविता, मुक्तक, गजल, गीत प्रस्तुत गरेको थिए ।

Click to watch welcome dance https://www.youtube.com/watch?v=p61LCVf9LFs

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्