यस्तो देखियो मन्त्रीहरूको शपथ, मन्त्रीमा अधिकांश नयाँ अनुहार (फोटो फिचर) – Janadesh Daily | ePaper

यस्तो देखियो मन्त्रीहरूको शपथ, मन्त्रीमा अधिकांश नयाँ अनुहार (फोटो फिचर)


नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् ।

यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् । यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् । नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी र सुशीला श्रीपालीले संस्कृति पर्यटन राज्यमन्त्रीको शपथ लिएकी छन् ।

जनमत पार्टीका अब्दुल खानले पनि शपथ लिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्