सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ७ हजार नजिक – Janadesh Daily | ePaper

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ७ हजार नजिक


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर एक लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघक अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्