प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता – Janadesh Daily | ePaper

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्