दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण, आठ जनाको मृत्यु – Janadesh Daily | ePaper

दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण, आठ जनाको मृत्यु


दक्षिण अफ्रिकाको एक सहरमा शनिबार जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये जन्मदिन मनाइरहेका घर मालिक र केही पाहुनाहरूको मृत्यु भएको हो ।

“घरका मालिकले आफ्नो जन्मदिन मनाइरहेका बेला आइतबार साँझ दुई अज्ञात बन्दुकधारी आँगनमा पसेर पाहुनामाथि गोली चलाएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।

“बन्दुकधारीहरूले ‘अतिथिहरूमाथि अन्धाधुन्ध गोली चलाएका र आठ जनाको मृत्यु भएको’ छ भने घटनामा गम्भीर घाइते भएका अन्य तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणको कारण भने खुल्न सकेको छैन ।

पूर्वी केप प्रान्तका प्रान्तीय प्रहरी प्रमुख नोम्थेथेलेली मेनेले हत्यालाई ‘मानव जीवनको घोर अवहेलना’ भन्दै निन्दा गर्नुभएको छ । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दक्षिण अफ्रिका संसारको उच्च हत्या दर भएका म्लुकमध्ये एक हो र यहाँ सामान्य भनाभनबीच नै नै गोली चलाउनुलाई सामान्य मानिन्छ । अक्सर जातीय झगडा र रक्सीको कारण यस्ता हत्या हुने गर्छन् ।

गत वर्ष दक्षिण अफ्रिकाको जोहानेसबर्ग र पूर्वी शहर पिटरमारिट्जबर्गको श्रमिक वर्गको उपनगरीय इलाकामा रहेका छुट्टाछुट्टै बारहरूमा गोली चल्दा करिब दुई दर्जनको मृत्यु भएको थियो ।

गृहमन्त्री भेकी सेले, राष्ट्रिय प्रहरी आयुक्त फान्नी मासेमोला र अपराध विज्ञहरूले सोमबार बिहान घटनास्थलको अवलोकन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्