सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेका छौँ : भुवन केसी – Janadesh Daily | ePaper

सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेका छौँ : भुवन केसी


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ ।

चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताउनुभयो ।

उहाँले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताउनुभयो । अध्यक्ष केसीले बोर्डको गतिविधिहरुलाई सहि तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुङ्गना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

सङ्घका अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको बताउनुभयो । “सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो”, उहाँले भन्नुभयो ।

उहाँले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढनुपर्नेमा जोड दिनुभयो ।

शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्