तापक्रम बढ्न सुरु भयो, जाडो घट्यो- मौसम विभाग – Janadesh Daily | ePaper

तापक्रम बढ्न सुरु भयो, जाडो घट्यो- मौसम विभाग


जनादेश वेदर वाच।
तापक्रम बढ्नेक्रम सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ । तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २२ डिग्री सेल्सियसदेखि २४ डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

“काठमाडौंमा हिजो बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस थियो । यो अब बढ्दै जानेक्रममा रहेको छ,” मौसमविद् अधिकार भन्छन्, “हिजोको भन्दा आजको तापक्रम कम भए पनि ट्रेन्ड हेर्दा अब चिसो घट्दै जाने देखिन्छ । आकाश खुला भएकाले कुनै दिन अघिल्लो दिनको तुलनामा चिसो भए पनि समग्रमा तापक्रम अब बढ्दै जाने देखिन्छ ।”

आज काठमाडौंको मौसम सफा हुने उनले जानकारी दिए । काठमाडौंमा आज वर्षा र बदलीको सम्भावना नरहेको अधिकारीको भनाइ छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्