आजको मौसमः उल्लेखनीय मौसमी प्रणाली छैन, यी क्षेत्रमा सामान्य बदली – Janadesh Daily | ePaper

आजको मौसमः उल्लेखनीय मौसमी प्रणाली छैन, यी क्षेत्रमा सामान्य बदली


जनादेश वेदर वाच।

हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

विभागकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईमा भने हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसाे प्रदेश १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने माैसमविद्ले जानकारी दिएका छन् ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने पूर्वानुमान गरिएकाे छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्