नेकपा एसमा मुकुन्द न्यौपानेको फरक प्रतिवेदन: देउवा कुहिएको फलको सज्ञा – Janadesh Daily | ePaper

नेकपा एसमा मुकुन्द न्यौपानेको फरक प्रतिवेदन: देउवा कुहिएको फलको सज्ञा


जनादेश वाच।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेता मुकुन्द न्यौपानेले फरक प्रतिवेदन पेस गरेका छन् । शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेस गरेका थिए ।

सो प्रतिवेदनमाथि असहमति जनाउँदै न्यौपानेले फरक प्रतिवेदन पेस गरेका हुन् । उनको प्रतिवेदनमा पार्टीमा ५० प्रतिशत युवा सहभागिता हुनुपर्ने बताएका छन् ।

उनको प्रतिवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई कुहिएको फलफूल भनिएको छ । न्यौपानेले एमालेसँग तालमेल गर्नुपर्नेसमेत प्रस्ताव गरेका छन् । न्यौपानेको प्रतिवेदनमा एमालेको एमालेको सुके लुतो आफ्नो पार्टीमा पनि सर्न थालेको भन्दै आलोचना गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्