रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा – Janadesh Daily | ePaper

रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा


जनादेश वाच।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष उनीहरुले राजीनामा बुझाएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले पदबाट राजीनामा दिएका हुन्।

आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पार्टीको निर्णयपछि मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका हुन्। सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै रहने रास्वपाले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्