जनादेश वाच।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका छन् ।
सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा सदनको बिजनेस तय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।