बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, लिटरमा ३ रुपैंयाले वृद्धि – Janadesh Daily | ePaper

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, लिटरमा ३ रुपैंयाले वृद्धि


जनादेश अपडेट।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैंयाले बढाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमका अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको बताएको छ ।

हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ र हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ रहेको निगमको जारी विज्ञप्तिमा जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्