सरकारी डाटा सेन्टरको साँचो सरकारसँगै नभएको भन्दै रेखा शर्माको चिन्ता – Janadesh Daily | ePaper

सरकारी डाटा सेन्टरको साँचो सरकारसँगै नभएको भन्दै रेखा शर्माको चिन्ता


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताउनुभएको छ।

सरकारले आफ्नै सूचनाप्रविधि ९आईटी० कम्पनी खोल्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सरकारी तथ्यांकहरुको सुरक्षामा माथि प्रश्नहरु रहेको स्वीकार गर्नुभयो। आज भृकुटीमण्डपमा सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचनाप्रविधिमा सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनु परिरहेको र नेपालको जनशक्ति भने बाहिर गइरहने विडम्बनापूर्ण अवस्था रहेको बताउनुभयो।

मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयरको मुख्य कुरा कहाँ छ भन्ने नै सरकारलाई थाहा नहुने अवस्था आएको भन्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको पनि दावी पनि गर्नुभयो।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभयो। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान पनि गर्नुभएको छ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि सार्ने योजना पनि सार्वजनिक गर्नुभयो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्