साढे ७६ अंकले बढ्यो नेप्से, तीन अर्बको कारोबार – Janadesh Daily | ePaper

साढे ७६ अंकले बढ्यो नेप्से, तीन अर्बको कारोबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ७६.६४ अंकले बढेर दुई हजार १७७.३४ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् १३८, निर्जीवन बीमा ३९५, ब्यापार उपसमूह ९१, फाइनान्स १०४, उत्पादन १७५, अन्य ४४, विकास बैंक १८६, बैंकिङ उपसमूह ३१, होटल तथा पर्यटन ९७, माइक्रोफाइनान्स १४६ र जीवन बीमा उपसमूह ४६७ अंकले बढेको छ ।

आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६० कम्पनीका ९३ लाख कित्ता सेयर तीन अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्