फेरी विश्वकैधनि व्यक्ति बने एलन मस्क – Janadesh Daily | ePaper

फेरी विश्वकैधनि व्यक्ति बने एलन मस्क


एलन मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मस्कले फ्रान्सका बेर्नार्ड अर्नाल्टलाई पछि पार्दै फेरी विश्वको धनी व्यक्ति बनेका हुन् ।

मस्क १ खर्ब ८७ अर्ब डलर नेटवर्थसहित ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा फेरि पहिलो नम्बरमा फर्किएका हुन् । सोमबारमात्रै टेस्लाको सेयर भाउ ५.४६ प्रतिशतले वृद्धि हुँदा मस्कको सम्पति ६.९८ अर्ब डलरले बढेको थियो ।

यसअघि गत डिसेम्बरमा मस्कलाई उछिन्दै सर्वाधिक धनी व्यक्तिको सूचीको पहिलो स्थानमा परेका आर्नल्ट अहिले दोस्रो स्थानमा पुगेका छन् । लुई भिटनका मालिक बर्नार्ड आर्नल्ट १ खर्ब ८५ अर्ब डलर नेटवर्थसहित दोस्रो स्थानमा पुगेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्