चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा फर्किने – Janadesh Daily | ePaper

चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा फर्किने


चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी ९सीएमएसए० ले जनाएको छ ।

अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सीएमएसएले सोमबार जनाएको हो । सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेको केन्द्रले बताएको छ ।

चीनले यस वर्ष अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि तीन अन्तरिक्ष अभियानहरू प्रक्षेपण गर्नेछ, जसमा कार्गो क्राफ्ट तियानझोउ–६ र चालक दलयुक्त अन्तरिक्षयान शेन्झोउ–१६ र शेन्झोउ–१७ समावेश छन् ।

तियानझोउ–६ लाई दक्षिणी प्रान्त हाइनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलमा लगिएको छ र मे महिनामा प्रक्षेपण गरिने बताइएको छ ।

दुई मानवयुक्त अभियानका लागि चालक दलका सदस्यहरू छानिएका छन् र अहिले प्रशिक्षण लिइरहेका छन् ।

शान्तिपूर्ण प्रयोग, समानता, पारस्परिक लाभ र साझा विकासको सिद्धान्तको पालना गर्दै चीन आफ्नो अन्तरिक्ष स्टेशनलाई वैज्ञानिक र प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय समुदायका लागि आदानप्रदानका लागि खुला मञ्च बनाउन प्रतिबद्ध छ ।

सीएमएसए र बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयद्वारा संयुक्त रूपमा छानिएका प्रयोगात्मक परियोजनाहरूको पहिलो ब्याच यस वर्ष अन्तरिक्ष स्टेशनमा सञ्चालन हुने कार्यक्रम छ ।

सीएमएसएका अनुसार चीनले आफ्नो मानवयुक्त चन्द्र अन्वेषणका लागि प्रमुख प्रविधिहरूमा सफलता हासिल गरेको छ र मानवयुक्त चन्द्र अन्वेषण योजनामा बहस पूरा गरेको छ ।

यसले यसै वर्ष चन्द्रमामा अवतरण परियोजनाका लागि अनुसन्धान र विकास कार्य सुरु गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्