वाणिज्य बैंकहरुले कमाए ४० अर्बभन्दा बढी नाफा, कुन बैंकको कति ! – Janadesh Daily | ePaper

वाणिज्य बैंकहरुले कमाए ४० अर्बभन्दा बढी नाफा, कुन बैंकको कति !


जनादेश बैंकिङ वाच।

वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ४० अर्बभन्दा बढी नाफा कमाएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिलले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।

एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । एनआईसी एशियाले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गर्दा ग्लोबल आइएमईले ३ अर्ब ५५ करोड नाफा कमाएको छ ।

 यस्तै १ अर्बभन्दा बढी र २ अर्बभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, माछापुछ्रे, कुमारी, सिटिजन, प्राइम कमर्सियल, सानिमालगायत छन् ।

सबैभन्दा कम नाफा कमाउनेमा सनराइज, सिभिल र कृषि विकास बैंक छन् । तिनीहरुले एक अर्बभन्दा कम नाफा गरेका छन् । सनराइजले ८६ करोड, सिभिलले ७७ करोड ७० लाख र कृषि विकासले १० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्