सगरमाथा जलविद्युतकाे आइपीओ बिक्रि खुला – Janadesh Daily | ePaper

सगरमाथा जलविद्युतकाे आइपीओ बिक्रि खुला


सगरमाथा जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकत्ता १०० रुपैयाँका दरले ४३ करोड ६८ लाख रुपैयाँको ४३ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसबाट ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषलाई १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीकालागि छुट्याएर ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आईपीओमा १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २२ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदनकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्