ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु – Janadesh Daily | ePaper

ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु


नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिनुभयो ।

घटनास्थल पुगेको अस्थायी प्रहरी चौकी रानिमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराको टोलीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी हुुनुहुन्छ ।

तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भइ माथिल्लो सडकबाट करिब एक सय ५० मिटर तलको सडकमा खसेको स्थानीयले बताएका छन् । ओरालो सकिएर मोडमै आइपुग्दा चालकले बे्रक लागेन भनेपछि सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।

दुर्घटनाको कारण, घटनास्थलको अवस्था, अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्