Janadesh Daily | ePaper

जनादेश अन्तर्राष्ट्रिय अपडेट।
गायक सोनु निगमका बुबा अगमकुमार निगमबाट ७२ लाख रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। यी व्यक्ति अगमकुमारका पूर्वचालक हुन्। अगमकुमार मुम्बईको अंधेरी वेस्ट इलाकामा बस्छन् र यो चोरी मार्च १९ देखि २० को बीचमा भएको थियो। सोनु निगमकी बहिनी निकिताले उक्त विषयमा उजुरी दिएकी हुन्।

उजुरीका अनुसार रेहान नामका व्यक्ति आठ महिनादेखि अगमकुमारका ड्राइभर थिए र हालै खराब प्रदर्शनका कारण हटाइएका थिए।

अगमकुमार निगमले आइतबार छोरीलाई आफ्नो डिजिटल लकरबाट ४० लाख (भारु) रुपैयाँ हराएको बताए। भोलिपल्ट उनी फेरि बाहिर निस्कँदा सोही लकरबाट थप ३२ लाख रुपैयाँ (भारु) पनि चोरी भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा रेहान दुवै दिन हातमा झोला लिएर फ्ल्याटतर्फ हिँडिरहेको देखियो।

अगमकुमार निगमले रेहानले घरको डुप्लिकेट साँचो प्रयोग गरी घरभित्र पसेर ७२ लाख रुपैयाँ चोरेको आशंका गरेको उजुरीमा उल्लेख छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्