मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको तयारी, रेखा शर्माको यथावत रहने – Janadesh Daily | ePaper

मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको तयारी, रेखा शर्माको यथावत रहने


सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय हेरफेर गर्दैछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट स्रोतकाअनुसार माओवादी केन्द्रले आफूले पाएको मन्त्रालयहरूमा मन्त्री हेरफेर गर्दैछ ।

स्रोतकाअनुसार हाल भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्नेछन् । यसअघि यो ‘पोजिसन’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थिए । उनको नागरिकता प्रकरणका कारण सांसद पद खारेज भएपछि उनी बाहिरिएका थिए ।

यसैगरी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका अमनलाल मोदीलाई ऊर्जा र सहरी विकासमध्ये एकमा पठाउने तयारी गरिएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन एवम् नागरिक उड्ड्यनमन्त्री सुदन किरातीको जिम्मेवारी भने यथावत् रहने बताइएको छ ।

माओवादी केन्द्रले सरकारको प्रवक्ता आफैँ हुनुपर्ने निष्कर्ष निकालेको छ । सरकारको नेतृत्व पनि आफैँले गरिरहेकाले प्रवक्ताको जिम्मेवारी पनि आफैँले लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ ।

सञ्चारमन्त्री स्वतस् सरकारको प्रवक्ता हुन्छ । यही प्रावधानअनुसार अहिले रेखा शर्मा सरकारको प्रवक्ता छिन् । प्रधानमन्त्री प्रचण्डले उनैलाई निरन्तरता दिने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्