लुम्बिनी सरकारबाट बाहिरियो माओवादी – Janadesh Daily | ePaper

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी


नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। केन्द्रमा नयाँ गठबन्धन बनेपछि लुम्बिनी सरकारबाट माओवादी बाहिरिएको हो।

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीहरूले राजीनामा दिइसकेको र सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिइने बताए। माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

लुम्बिनीमा माओवादीबाट ३ जना मन्त्री थिए। गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले माघ ५ गते विश्वासको मत लिएका थिए। उनलाई ५८ जना सांसदले विश्वासको मत दिएको थियो। लुम्बिनी प्रदेश सभामा ८७ सांसद छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्