नेप्से २६.८५ अंकले घट्यो, एक अर्ब २८ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से २६.८५ अंकले घट्यो, एक अर्ब २८ करोडको कारोबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २६.८५ अंकले घटेर एक हजार ८८८.२९ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक ५३, फाइनान्स १८, होटल तथा पर्यटन १२, जलविद्युत् २४, जीवन बीमा ८३, उत्पादन ८७, माइक्रोफाइनान्स १३३, निर्जीवन बीमा ९९, ब्यापार ४३ र अन्य उपसमूह ३ अंकले घटेको छ ।

आज जीवन विकास लघुवित्त, जाल्पा सामूदायीक लघुवित्त र यूनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै, महिला लघुवित्त वित्तिय संस्थाको सेयर ९.९५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज माया खोला हाइड्रारेपावर र एशियन हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २५९ कम्पनीका ३७ लाख ५४ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्