नारायणकाजी गृहमन्त्री बन्लान्, यस्तो छ उनको जवाफ – Janadesh Daily | ePaper

नारायणकाजी गृहमन्त्री बन्लान्, यस्तो छ उनको जवाफ


उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू पार्टी र प्रधानमन्त्रीको निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।

सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘म पार्टीको सिफारिस, प्रधानमन्त्रीको निर्णय र निर्देशनअनुसार काम गर्छु। अहिले त्यसबारेमा कुनै निर्णय भएको छैन ।’

उनले अब केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । मन्त्री श्रेष्ठले भने, ‘हाम्रो सरकारले जुन समीकरण निर्माण गरेर काम गरेको थियो । राजनीतिक परिस्थितिमा आएको फेरबदलपछि सरकारको समीकरण परिवर्तन भएको छ । अहिले मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छैन । हामी छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छौं । केही दिनभित्रै हुन्छ। ’

राजनीतिक समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याउने तयारी गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्