नेकपा एसमा किचलोः मुकुन्द न्यौपानेसँग सोधियो स्पष्टीकरण – Janadesh Daily | ePaper

नेकपा एसमा किचलोः मुकुन्द न्यौपानेसँग सोधियो स्पष्टीकरण


नेकपा (एकीकृत समाजवादी) ले नेता मुकुन्द न्यौपानेलाई भने स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

पार्टी र नेतृत्वविरुद्ध फेसबूकमा मनपरी लेखेको र अवाञ्च्छित अभिव्यक्ति दिएको भन्दै उनलाई सातदिने स्पष्टीकरण सोधिएको हो । ‘एमालेनिकट अभिव्यक्ति दिने, कार्यकर्ता भड्काउनेलगायतका काम उहाँबाट भएपछि स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ एक नेताले भने ।

यस्तै उपाध्यक्ष केदार न्यौपाने र नेता चुँडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ । पार्टी(हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै आलोचना भएपछि उनीहरूले राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्