भुटानसँग बराबरी खेलेको नेपाल थ्री नेसन्स कपको फाइनलमा – Janadesh Daily | ePaper

भुटानसँग बराबरी खेलेको नेपाल थ्री नेसन्स कपको फाइनलमा


जनादेश स्पोर्ट्स वाच।

थ्री नेसन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० ‍औँ मिनेटमा हेडबाट गोल गर्दै फाइनल यात्रा तय गराएका हुन्।

नेपालका लागि दीपकराजको यो डेब्यु गोल पनि हो। यो गोलसँगै नेपालले अब थ्री नेसन्स कपको फाइनलमा लाओससँग भिड्ने भएको छ। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ठकुरीको निर्णायक गोल भुुटानलाई घर फर्काउन पर्याप्त भयो। यससँगै नेपालले भुटानविरुद्ध लगातार १३ खेलमा अपराजयको यात्रा कायमै राखेको छ।

अब प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा अब नेपाल र लाओस भिड्नेछन्। खेलको २० औँ मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४५ औ मिनेटमा पुजन उपरकोटीको पासमा सनिस श्रेष्ठको हेडर आकाशियो। खेलको ४६ औं मिनेटमा अञ्जन विष्टको हेडर भुटानका गोलरक्षले उत्कृष्ट बचाउ गरे।

खेलको ५० औं मिनेटमा अञ्जनको स्थानमा दिपक राज सिंह ठकुरी मैदान छिरे। ७० औँ मिनेटमा दिपकको प्रहार पोष्टको माथिबाट बाहिरिदा नेपालले बराबरीको मौका गुमायो।

७८ औं मिनेटमा मनिष डाँगीको प्रहार सेकेण्ड बारबाट बाहिरियो। खेलको ९० औँ मिनेटमा अनन्त तामाङको पासमा दिपकले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका दिपकको गोलसँगै नेपाल हारबाट जोगिएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्