कांग्रेसमा किचलोः सम्मानजनक भाग नपाए सरकारबाहिरै बस्ने कोइराला खेमाको चेतावनी – Janadesh Daily | ePaper

कांग्रेसमा किचलोः सम्मानजनक भाग नपाए सरकारबाहिरै बस्ने कोइराला खेमाको चेतावनी


नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सरकारमा सहभागिता नजनाउने पक्षमा उभिएका छन्।

१४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत बैठक बसेर सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका हुन्।

‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो।’

बैठकपछि नेता कोइरालाले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सम्मानजनक सहभागिता हुनुपर्ने सन्देश सुनाएको स्रोतको भनाइ छ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा उपसभापति गुरूङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने चर्चा छ। कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्