जनादेश, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका दुई जनाको शव फेला परेको छ ।
यस्तै, पहिरोमा पुरिएका पाँच जनाको सकुशल उद्दार गरिएको छ भने उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा करिब २१ जना पुरिएका छन् । सो पहिरोले एक गाउँ नै पुरिएको छ । उद्दारका लागि प्रहरी टोलीलाई हेलिकोप्टरबाट पठाउने तयारी भइरहेको छ ।
हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर क्षतिको विवरण संकलन तथा उद्दारको काम गर्दै गरेका छन् ।