एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले खानेकुराबाट कोरोना नसर्ने बताएको छ ।
चीनको दक्षिण सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना संक्रमण देखिएको थियो । सो घटनाले मानिसमा त्रास पैदा गरेको थियो । यही कुरालाई पुष्टि गर्दै अमेरिकाको सीडीसी र डब्ल्यूएचओ दुवैले खानेकुराबाट कोारेना संक्रमण हुने सम्भावना अत्यन्तै न्युन रहेको बताएका छन् ।
यससम्बन्धी डब्ल्यूएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले भनेका छन्, “मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यससम्बन्धी सबैले सुरक्षित र सहज महसुस गर्दा हुन्छ । किनकि हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण छैन ।”
यस्तै ब्राजिलको कृषि मन्त्रालयले यस बारे थप जाँच भइरहेको जनाएको छ ।