काठमाडौँ उपत्यकामा आज मात्रै थप ११९ जना कोरोना संक्रमित थपिए – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा आज मात्रै थप ११९ जना कोरोना संक्रमित थपिए


जनादेश, काठमाडौँ ।

काठमाडौँ उपत्यकामा आज मात्रै थप ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौँका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा ११९ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् । यससँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो ।

हाल देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् भने थप २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्