पूर्वमहासमिति सदस्य बुढाकोे निधनप्रति दुःख व्यक्त – Janadesh Daily | ePaper

पूर्वमहासमिति सदस्य बुढाकोे निधनप्रति दुःख व्यक्त


काठमाडौँ,

नेपाली कांग्रेसले रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० निवासी पार्टीका पूर्वमहासमिति सदस्य प्रजित बुढाको निधनप्रति दुःख व्यक्त गरेको छ । नेता बुढाकोे ५५ वर्षका उमेरमा यही साउन २८ गते स्थानीय त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेसले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

नेत्रा बुढाले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्