भाइरल रुघा खोकीले सतायो? यसरी गर्न सकिन्छ घरमै उपचार (७ तरिकासहित) – Janadesh Daily | ePaper

भाइरल रुघा खोकीले सतायो? यसरी गर्न सकिन्छ घरमै उपचार (७ तरिकासहित)


जनादेश हेल्थ डेस्क।
गर्मीयाम सुरु भएसँगै रुघाखोकीका बिरामी बढ्न थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् । रुघाखोकी जसलाई लागिरहन्छ त्यो एलर्जीका कारण नै हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघाखोकी लाग्छ । रुघाखोकी लागेपछि कसरी निको पार्ने भन्ने ध्याउन्नमा हामी लाग्छौं । कोही रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खान्छौं भने कोही घरेलु उपचारमा पनि लाग्छौं ।

यदि ज्वरो आएको छैन भने घरेलु उपचार गरेरै रुघाखोकी ठीक पार्न सकिन्छ ।

१. बेसार पानी
बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाखोकीको समस्यासँग लड्न प्रभावकारी तत्व मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुईपटक सेवन गर्नुपर्छ ।

२. अदुवा र मह
तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ । अदुवाको प्रयोगले कोलेस्टेरोलको स्तरमा कमी हुनुका साथै स्थिर राख्न मद्दत गरेको हुन्छ । यो बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक पिउन सकिन्छ । यदि तपाईंलाई रुघाखोकीले धेरै सताएको छ भने राति सुत्नुभन्दा अगाडि दूध वा तातोपानीमा अदुवा र मह मिसाएर पिउँदा स्वास्थ्यमा छिट्टै सुधार भएको महसुस हुन्छ । गहिरो खोकी, घाँटी दुखाइ र घाँटी खसखस, सुन्निनु, निल्न अप्ठेरो हुनु जस्ता समस्या अदुवाको प्रयोग गर्ने गरिन्छ ।

 ३. तुलसीको पात
दूधको चिया वा तातोपानीमा पाँचवटा तुलसीको पात हालेर दुई मिनेटसम्म तताएर दिनमा दुई–तीन पटक पिउँदा खोकीबाट छुटकारा पाउन सकिन्छ । यसमा चिनी नमिसाइकन मह मिसाएर वा नुन मिलाएर खाँदा प्रभावकारी हुन्छ । साथै चिया जस्तै खान नसकेमा तुलसीको पात चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ ।

४. ल्वाङ, मरिच र मह
मरिज पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखाकी निको हुन्छ । यसमा स्वादको लागि ल्वाङ, दालचिनी, अदुवा बेसार मिलाएर पनि खान सकिन्छ । यसले खोकी र घाँटी खसखस भएको निको हुन्छ । यसमा ल्वाङमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री र एन्टिसेप्टिक गुण भएको हुन्छ, जसले गर्दा रुघाखोकी निको हुन्छ ।

५. मह र तातोपानी
रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुन सक्छ । महमा रोग प्रतिरोधात्मक गुण हुन्छ । महलाई तातोपानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

६. ज्वानो
रुघाखोकीको लागि झोल पदार्थ धेरै पिउनुपर्ने भएका कारण रुघाखोकी लाग्दा ज्वानोको झोलले शरीर तातो बनाइराख्ने काम गर्छ । जसले गर्दा शरीर चिसो हुनबाट जोगिन्छ । यसलाई तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

७. जाइफल
जाइफलले प्रयोगले शरीरमा गर्मी, पूर्ति ल्याउने काम गर्छ । यसले पाचन प्र्रक्रिया बलियो बनाउने काम गर्छ । जसले गर्दा शरीरमा ऊर्जा बढाउँछ । यसलाई तातो पानीमा मिलाएर पिउने वा तेलमा मिसाएर मालिसको रुपमा उपयोग गर्न सकिन्छ । यसले खोकी कम गरेर आनन्दको निद्रा पुर्‍याउँछ । रुघाखोकी लागेमा तातो पानीको बाफ लिने, तातो पानी पिउने, रस भएको तातो खानेकुरा सेवन गर्ने गर्नुपर्छ । रुघाखोकी लागेको बेला अत्यधिक मात्रामा झोल पदार्थको सेवन गर्दा चाँडै निको हुने सम्भावना बढी हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्