सर्पको डसाइबाट मृत्यु – Janadesh Daily | ePaper

सर्पको डसाइबाट मृत्यु


डोटी,

विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती आउनुभएको थियो । उहाँलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उहाँको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्