मांसाहारी हुनुहुन्छ? मासु खाने बानी छ भने यी कुरामा सधैं विचार पुर्‍याउनुस् – Janadesh Daily | ePaper

मांसाहारी हुनुहुन्छ? मासु खाने बानी छ भने यी कुरामा सधैं विचार पुर्‍याउनुस्


जनादेश हेल्थ डेस्क।

मासुमा भएको पोषक तत्त्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वको अभाव पुरा गर्छ। तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ। अन्यथा बिरामीसमेत पर्न सकिन्छ। जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन्। बढीमासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेको वा सुकुटी बनाएर राखेको मासु पनि धेरै खानु हुँदैन। यसरी राखिएको मासुमा संक्रमित हुने जोखिम धेरै हुन्छ।

मासुको सेवनमा जथाभावी गर्ने र होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण हामो शरीरमा डेढ सय भन्दा बढी प्रकारका रोगको संक्रमणको खतरा हुनसक्ने चिकित्सकको भनाइ छ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
– हामीले सकेसम्म पोलेको मासु खानु हुँदैन। साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वास्थ्यकर मानिन्छ।
– मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल लगायतका समस्या भएका व्यक्तिले बोसो नभएका मासु र उसिनेर मासु खानु राम्रो मानिन्छ।


– उसिनेको मासुमा थोरै जिराको धुलो र कागती राखेर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
– मासु खाएपछि एकै ठाउँमा बस्नु हुँदैन, मासु खाएपछि हल्का व्यायाम गर्नुपर्छ। लगभग आधा घण्टा हिँड्दा निकै लाभ हुन्छ।
– रातो मासु भन्दा स्वास्थ्यको लागि सेतो मासु फाइदाजनक मानिन्छ।
– बोसो कम सेवन गर्न चाहनेले कुखुराको भन्दा खसीको मासुबाट बोसो छुट्टाएर प्रयोग गर्दा राम्रो हुन्छ।
– मासु खाइसकेपछि केही असहज महसुस भयो भने कागती पानी र ज्वानो पानी खान सकिन्छ।

कस्तो र कति मासु खाने त ?
– हामीले जहिले पनि ताजा र सफा मासु मात्र खानुपर्छ।
– हप्तामा एक पटक मात्र मासु खानु निकै लाभदायी मानिन्छ।
– मासु खाँदा छाला नखानु स्वास्थ्यको लागि राम्रो हुन्छ।
– मासु पकाउँदा तेलको मात्रा ठिक्क मात्र लगाउनु पर्दछ।
– सकेसम्म मासु पोलेर खानु हुँदैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्