कविताः भोकको रोग – Janadesh Daily | ePaper

कविताः भोकको रोग


  • रीमा के.सी

यहाँ रोग भन्दा ठुलो त भोक रहेछ
रोग भन्दा शक्तिशाली त शोक रहेछ
रोग आउनु कहाँ छ कहाँ छ
त्यो भन्दा अगाडी काल बनेर आइदियो भोक
रोग एक चोटि लाग्न सक्छ नलाग्न पनि सक्छ
तर भोकले बारम्बार हतौडा हान्छ खालि पेटमा
आगो लगाउँछ
भुकम्प ल्याउँछ ।

एकाबिहानै निदले छोड्नु भन्दा पहिले भोकको रोगले सताउँछ
निँद आउन पनि पेट भरिनु पर्ने रहेछ
भित्र आन्द्रा भरी सल्बलाइरहेछ्न भोकका किटाणुहरु कल्याङमल्याङ
मच्चाइ रहेछ्न भोकको तान्डव
लडिरहेछ्न भोक युद्ध
हात खुट्टा फत्र्क्कै गलाइदिन्छ्न
आँखाको उज्यालो खोसेर अन्धकार बनाइदिन्छ्न
कति राउन्ड घुमिसक्छ पृथ्वी
प्राणहिन बनिदिन्छ शरीर ।

कोरोना डर भन्दा खतरनाक हुन्छ भोकको भाइरस
एक थोपा पानीको लागि टप टप सुकेको हुन्छ मुख
काँपिरहेका हुन्छ्न ओठहरु थरथर
बाँझो खेत सरि पटपट फुटेको हुन्छ जिब्रो
एक दान अन्न नपर्दा पेटमा लुछ्न थाल्छ्न मासु भोकका किटाणुहरु
कोरोनाले भन्दा अगाडी खान थाल्छ भोकले यहाँ ।

धन हुनेहरूलाई रोगको डर छ
महल हुनेहरु गेटमा ताल्चा मारेर बसेका छ्न कैदी जस्तै
रोग सर्ने डरले
दशैं चलिरहेको छ हुनेखानेलाई देशमा यतिबेला
भोक हडताल चलिरहेछ खालिपेटवालाहरुको ।

डर लाग्दैन सडकछापलाई केहिको
आकाशलाई छानो जमिनलाई सिरानी बनाई
सुतिरहेछौं सदियौँ देखि
आदत लागेको छ हामिलाई
जबदेखी रोग आएको हल्ला छ
तब देखि भोकको रोगले सताइरहेछ
आजकल भोकको शोक लागेको छ मनमा
सडकछापहरुको देशमा भोकको रोग लागेको छ !!

#झिमरुक ६, नेटा प्युठान ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्