किन हुन्छ कब्जियत ? यस्ता छन् घरेलु उपचार विधि – Janadesh Daily | ePaper

किन हुन्छ कब्जियत ? यस्ता छन् घरेलु उपचार विधि


धेरैले भोगिरहेको समस्या हो, कब्जियत । कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गंभिर समस्या निम्त्याउन सक्छ ।

कब्जियत के हो ?

कब्जियत एक यस्तो स्थिती हो, जो पेट ठीक ढंगले सफा हुन पाउँदैन । साथै मल त्याग गरेको समयमा कष्ट हुन्छ । कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम पटक शौच गर्छन् । सामन्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुईरतीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुष हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

लक्षण के हो ?

– ठीक ढंगले पेट सफा नहुनु, मल त्याग नहुनु ।

– मल त्याग गर्नमा समस्या हुनु ।

– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु ।

– पेटमा दुखाई अनुभव हुनु ।

– वान्ता हुनु ।

किन हुन्छ कब्जियत ?

– खाने तालिका नियमित नहुनु ।

– बासी खानेकुरा सेवन ।

– शारीरिक रुपमा निस्किय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।

– मानसिक तनाव

– अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।

– पेटको कमजोरी

– पानी कम पिउनु ।

– खाना खाएको समय धेरै पानी पिउनु ।

– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।

के छ त उपचार ?

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा-पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।

आर्युबेदिक उपचार विधी

– त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– मनतातो दुध वा पानीमा हर्रा(बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

– पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

– स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्