आफ्नै पसिनाको गन्ध सुँघ्न ? – Janadesh Daily | ePaper

आफ्नै पसिनाको गन्ध सुँघ्न ?


अम्मर न्यौपाने, 
अन्नदेखि फलफूलसम्म
लुगादेखि जुत्तासम्म
चियादेखि र मदिरासम्म
झुप्रोदेखि महलसम्म
छाप्रे पसलदेखि सपिङ मलसम्म
अस्पतालदेखि औषधिसम्म
मोबाइलदेखि ल्यापटपसम्म
बिजुलीदेखि इन्टरनेटसम्म
किताबदेखि किन्डलसम्म
गुलेलीदेखि मेसिनगनसम्म
बाटोदेखि फराकिला सडकसम्म
साइकलदेखि गाडीसम्म
रेलदेखि जहाजसम्म
जहाँ सुँघौं
मजदुरको पसिनाको गन्ध आउँछ ।
यतिसम्म कि पैसामा पनि उसकै पसिनाको गन्ध आउँछ ।
तर ऊ नै किन सधैँ भौतारिइरहनुपर्छ
आफ्नै पसिनाको गन्ध सुँघ्न ?
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्