हेल्थ टिप्सः धेरैलाई तनाव दिने समस्याः शरीरमा ‘स्कीन ट्याग’ आए कसरी हटाउने – Janadesh Daily | ePaper

हेल्थ टिप्सः धेरैलाई तनाव दिने समस्याः शरीरमा ‘स्कीन ट्याग’ आए कसरी हटाउने


जनादेश हेल्थ डेस्क।

मान्छेको शरीरमा स-साना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यीनले खासै हानि गर्दैनन् ।

सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।

 यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई-तीन चोटि घोट्नुस् ।

यो प्रक्रिया दिनदिनै दोहोर्‍याउनु भयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानीरहित डल्ला छालाबाट झुन्डिएका साना र नरम बेलुनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ ।

प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्