मनमैजुमा भएको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ – Janadesh Daily | ePaper

मनमैजुमा भएको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


जनादेश, काठमाडौं ।

शुक्रबार काठमाडौंको मनमैजुमा भएको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आङदोर्जे शेर्पा रहेको प्रहरीले जनाउको छ । शेर्पाले गरेको छुरा प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको मृत्य् भएको थियो । शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई जनाबीच भएको विवादका क्रममा शेर्पाले तामाङमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्