जितेनको स्वर, डेकेन्द्रको संगीतमा रहेको ‘तिमीले साथ’ सार्वजनिक – Janadesh Daily | ePaper

जितेनको स्वर, डेकेन्द्रको संगीतमा रहेको ‘तिमीले साथ’ सार्वजनिक


जनादेश, काठमाण्डौं । करिव १ दशक अघि एफएम रेडियोमा  सर्वाधिक बजेको र धेरै सोर्ताको मनमुटुमा बस्न सफल गीत ‘तिमीले साथ’को अफिसिएल म्युजिक भिडियो सहित यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र श्रेष्ठ प्रडक्सन’ मार्फत सार्वजनिक भएको छ।

त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक  जितेन लेप्चाको गीतमा स्वर रहेको छ। एल्वम फरकमा समावेश यस गीतलाई  रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो। पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ।

बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा  राजिव शर्माको निर्देशन रहेको छ।  केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्।  यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ।

भिडियो लिंक: https://youtu.be/oW7lEXsNtoQ
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्