एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित – Janadesh Daily | ePaper

एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित


एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले कीर्गिस्तानलाई ३–०  सोझो सेटमा पराजित गरेको हो ।
यसअघि सोमबार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई हराएको  थियो । भारतले कीर्गिस्तानलाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–८ अङ्कले हराएको हो । कीर्गिस्तानको यो दोस्रो पराजय हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा कीर्गिस्तान नेपालसँग पराजित भएको थियो ।
समूह ‘ए’ मा रहेको भारत दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित सो प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्