‘राप्ती इञ्जिनियरिङ’ लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज: बरिष्ट ईन्जिनियर रामधन श्रेष्ठ – Janadesh Daily | ePaper

‘राप्ती इञ्जिनियरिङ’ लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज: बरिष्ट ईन्जिनियर रामधन श्रेष्ठ


जनादेश, घोराही । घोराही उपामहानगरपालिका १६मा संचालित राप्ती इञ्जिनियरिङ कलेजले स्प्रीरिङ सेमेष्टर २०२२ मा अध्ययरत बिई सिभिल र बिसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरुको लागि अभिमुखिकरण तालिम सम्मपन्न भएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक घोराही उपमहानगरपालिका ईन्जिनियर रामधन श्रेष्ठले राप्ती इञ्जिनियरिङ कलेज लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज बन्न सफल भएको बताएका छन् । कलेज स्थापनाको छोटो समयमै कलेजबाट उत्पादीत ८० प्रतिशत शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल हुन चानचुन कुरा नभएको बताए ।

साथै उनले इञ्जिनियरिङ शिक्षा अन्य शिक्षाको तुलनामा अलि जटिल भएतापनि यसले दिने उत्पादन राम्रो हुने बताएका छन् । कलेजले शुरु गरेको अनुसंधान विधीमा आधारीत शिक्षण सिकाईले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने हुँदा उक्त विधि कलेजले प्रयोग गरेकोमा कलेजलाई धन्यवाद दिएका छन् ।

साथै उनले भने विद्यार्थीले, जति धेरै मेहनत गर्यो उतिनै राम्रो प्रतिफल प्राप्त हुने सम्भवना हुने हुँदा र मेहनत विनाको प्रतिफल खोज्न थालियो भने भविष्य बर्बाद हुन्छ । कार्यक्रमका प्रमुख अतिथि ई. श्रेष्ठले विद्यार्थी जीवन भनेको शिक्षा आर्जन गर्ने समय भएकोले सबै जना असल शिक्षा आर्जन गर्नमा अग्रसर हुन आग्रह गरे । उनले विद्यार्थीलाई मार्गदर्शन गर्ने भनेको शिक्षक हो, शिक्षकले दिएको मार्गदर्शन अनुसार अगाडि बढ्न सहज हुने बताए । साथै उनले समय र तालिका मिलाएर मेहनतका पढन सकेमा विद्यार्थीबाट सफलता कसैले खोस्न नसक्ने ठोकुवा समेत गरे । ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले चालु सेष्टरमा विद्यार्थीहरुले गर्नुपर्ने क्रियाकलापको बारेमा जानकारी गराउँनुको साथै कलेले अनुसन्धानमा आधारित शिक्षण सिकाई क्रियाकलापलाई जोडतोडको साथ अगाडि बढाएकोले यसमा विद्यार्थीहरुको सक्रिय सहभागिता हुनुपर्ने बताए ।

राप्ती इञ्जिनयरिङ कलेजमा ओरेन्टेशन कार्यक्रमको सम्पन्न - सम्वृद्धि खबर

कलेजमा नियमित समयमा उपिस्थित हुने , कक्षामा शिक्षण क्रियाकलापमा सक्रिय सहभागिता जनाउने, कलास टेस्ट, आन्तरिक एसिसमेन्ट, प्राक्टिकल, एसाइन्मेन्ट , प्रोजेक्ट वर्क, फिल्ड भिजिट लगायत कार्यहरु समयमै सकेर अन्तिम परीक्षाको लागि तयार रहन कलेजका प्रिन्सिपल श्री रेशम गिरीले विद्यार्थीहरुलाई स्वागत गर्दै निर्देशन समेत दिएका छन ।

साथै उनले कलेजले विद्यार्थीहरुको समग्र विकासको लागि लियो क्वल, विद्यार्थी क्वालिटी सर्कल, सिभिल क्लव, आईटी क्लब, स्पोस्र्स क्लब, बनाइ विभिन्न कार्यक्रमहरु गर्ने बताएका छन् ।

शैक्षिक क्रियाकलापमा विद्यार्थीहरुलाई सक्रिय बनाउन र विद्यार्थीको प्रतिभा पहिचान गर्नेको लागि प्रिजेन्टेशनको कक्षालाई विशेष जोड दिदै समुहकार्य र समुह छलफललाई एकसाथ अगाडी बढाउन प्रिन्सीपल गिरीले कलेज प्रशासनलाई निर्देशन दिएका छन् ।

कार्यक्रमको सहजीकरण कलेजका आईटी विभागका विभागिय प्रमुख विश्वबन्धु थापा र धन्यवाद मन्तब्य कलेजका निर्देशक मधुसुदन बैद्यले दिएका थिए ।

राप्ती इञ्जिनियरिङ कलेजले गतवर्ष वेष्ट इञ्जिनियरिङ कलेज अवार्ड २०२२ प्राप्त गरेका थियो । उक्त अवार्ड संयुक्त अरब ईमिरेण्डर्सको दुवई सहरमा प्रदान गरिएको थियो । यस कलेजमा एसईई पछि प्रिडिप्लोमा ईन सिभिल इञ्जिनियरिङ, प्रिडिप्लोमा ईन सिभिल ईलेक्टिकल इञ्जिनियरिङ र सर्वे इञ्जिनियरिङ (अमिन)का साथै तीन वर्षे डिप्लोमा ईन कम्प्युटर इञ्जिनियरिङ विषयको अध्ययापन हुने गरेको छ ।

साथै यस कलेजले विई सिभिल इञ्जिनियरिङ र बिसीए कार्यक्रम तर्फ पोखरा विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ । साथै डिप्लोमा ईन कम्प्युटर इञ्जिनियरिङ कार्यक्रम तर्फ पटक पटक सिटीईभीटी टप गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्